इजराइलमा मृत्यु हुनेको संख्या १२ सय पुग्यो « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

इजराइलमा मृत्यु हुनेको संख्या १२ सय पुग्यो


२४ आश्विन २०८०, बुधबार


जेरुसेलम । इजरायल-हमास द्वन्द्वमा एक हजार दुई सयभन्दा बढी इजरायलीहरूको मृत्यु भएको इजरायलको प्रतिरक्षा फौज (आईडीएफ) का प्रवक्ताले बुधबार बताएका छन् ।

यो सङ्ख्या यसअघि बताइएको एक हजारभन्दा बढी हो ।

“मृत्यु हुनेको सङ्ख्या एक हजार दुई सय पुगेको छ”, आईडीएफका प्रवक्ता लेफ्टिनेन्ट कर्णेल जोनाथन कन्रिकसले एक भिडियो मेसेजमा भने । उनले मारिनेहरूमा अधिकांश सर्वसाधारण रहेको जानकारी दिए ।

यसैबीच इजरायलले गाजापट्टीमा रातभर गरेको हवाई हमलामा कम्तीमा ३० जनाको मृत्यु भएको र सयौँ घाइते भएको हमास सरकारका एक अधिकारीले बुधबार बताएका छन् ।

हमास सरकारको सञ्चार कार्यालयका प्रमुख सलमा मरुफले इजराइली हमलामा दर्जनौँ आवासीय भवन, कारखाना, मस्जिद र पसलहरू प्रभावित भएको एएफपीलाई जानकारी दिए ।

इजराइली सेनाले रातको समयमा हमासका थुप्रै लक्ष्यमा आक्रमण गरेको पुष्टि गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस