जसपा अध्यक्ष यादव स्वदेश फिर्ता « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

जसपा अध्यक्ष यादव स्वदेश फिर्ता


२३ आश्विन २०८०, मंगलबार


काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव अमेरिकामा भएको एसोसिएसन अफ नेपाली तराई इन अमेरिका (एन्टा)को अधिवेशनमा सहभागी भई आज फिर्ता भएका हुन् । 

सो पार्टीका केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार अध्यक्ष यादवले अमेरिकाको न्यूयोर्क र भर्जिनियामा रहेका नेपाली समुदायसँग अन्तरक्रिया गर्नुभएको थियो । यही असोज १२ गते अध्यक्ष यादव अमेरिका प्रस्थान गरेका थिए । 

अध्यक्ष यादवलाई पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य राजेन्द्र श्रेष्ठ, केन्द्रीय कार्यसमितिका अध्यक्ष पर्शुराम बस्नेत, अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सदस्यले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस