शङ्कर पोखरेलको आरोप : वर्तमान सरकार नेपाल र नेपालीको होइन  « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

शङ्कर पोखरेलको आरोप : वर्तमान सरकार नेपाल र नेपालीको होइन 


२३ आश्विन २०८०, मंगलबार


काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले वर्तमान सरकार नेपाल र नेपालीको नभएको आरोप लगाएका छन्।

एमाले निकट थारुहरूको सङ्गठन नेपाल लोकतान्त्रिक सङ्घको लुम्बिनी प्रदेश स्तरीय प्रथम भेलाको उद्घाटन गर्दै महासचिव पोखरेलले राष्ट्रिय आवश्यकताभन्दा विदेशीको इसारामा नाच्ने प्रधानमन्त्री नेपाल र नेपालीको हुन नसक्ने बताए।

नेपालका प्रधानमन्त्री विदेश भ्रमण गर्दा नेपाल र नेपालीका समस्या उठान गर्ने र पैरवी गर्ने आँट नगरी नेपाल र नेपालीको ढाड सेक्ने गरी अगाडि बढेको पनि आरोप लगाए।

‘यो सरकार न त जनताको सरकार हुन सक्यो, न राष्ट्रको सरकार हुन सक्यो। देशका प्रधानमन्त्री आफैले भन्ने गर्दछन् – म त छिमेकीहरूको लागि कम्फर्टेवल छु,’ उनले भने,‘विदेश भ्रमणमा नेपालको हितको पक्षमा पैरवी गर्ने आँट गर्न सक्दैनन्।’

कार्यक्रममा थारु अगुवाहरूले नेपालको आदिवासी थारु समुदायको हकिकतमा ठूला दलहरू अनुदार रहेको भन्दै थारु कलष्टर निमार्ण गरेर थारुहरूलाई हरेक क्षेत्रको मूल प्रवाहमा ल्याउनु पर्ने माग गरेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस