एमाले सुदूरपश्चिम प्रदेश अध्यक्षका लागि चार जनाको उम्मेदवारी दर्ता « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

एमाले सुदूरपश्चिम प्रदेश अध्यक्षका लागि चार जनाको उम्मेदवारी दर्ता


२३ आश्विन २०८०, मंगलबार


काठमाडौँ । नेकपा एमालेको सुदूरपश्चिम अध्यक्ष पदका लागि चार जनाको उम्मेदवारी दर्ता भएको छ। धनगढीमा जारी प्रदेशको प्रथम अधिवेशन अन्तरगत अध्यक्ष पदमा चार जनाको उम्मेदवारी परेको हो।

अहिलेसम्म बहालवाला प्रदेश कमिटीका उपाध्यक्ष कमल तिमिल्सिना, प्रदेश सचिवालय सदस्यत्रय कृष्णप्रसाद जैसी, भरतबहादुर साउद र बचनबहादुर सिंहले उम्मेदवारी दर्ता गराएका छन्।

चार जनामध्ये सिंह कञ्चनपुरका हुन भने अरु तीनै जना अछामका हुन्। निर्वाचन समितिले मङ्गलवार बिहान ७ बजेदेखि साढे ९ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तोकेको थियो।

साढे ११ बजेसम्म उम्मेदवारी दर्ताको समय थियो भने उम्मेदवारी फिर्ता गर्न निर्वाचन समितिले साढे १२ बजेदेखि २ बजेसम्मको समय दिएको छ। निर्वाचन तालिकाअनुसार मङ्गलवार दिउँसो साढे २ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ।

निर्वाचन समितिले दिउँसो साढे २ बजे अन्तिम नामावली प्रकाशन गर्ने र बेलुकी ५ बजेदेखि मतदान सुरु गर्ने बताएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस