दुई अखाद्य पानी पुरी उद्योग बन्द « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

दुई अखाद्य पानी पुरी उद्योग बन्द


२२ आश्विन २०८०, सोमबार


काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दुई वटा पानी पुरी उद्योग बन्द गरेको छ । फोहोर र दुर्गन्धित ठाउँमा पानी पुरी बनाएको भेटिएसँगै विभागले अतीस पानी पुरी उद्योग र सुभाष पानी पुरी उद्योगको उत्पादन तथा बिक्री विवरण बन्द गरेको हो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय र प्रहरी वृत्त सात दोबाटाबाट खटिएको प्रहरीसहितको संयुक्त टोलीले अनुगमनका क्रममा पानी पुरी बनाउने कक्ष फोहोर दुर्गन्धित रहेको, तेलमा कालो लेदो फोहोर जमेको, पानी पुरी बेल्ने भुईँ फोहोर रहेको भेटाएको थियो । अतीस पानी पुरी उद्योग कवाडी सामान राख्ने ठाउँमा सञ्चालन भएकोसमेत टोलीले फेला पारेको थियो । त्यसै गरी सुभाष पानी पुरी पनि दुर्गन्धित र फोहोर ठाउँमा उत्पादन राख्नुकासाथै तेलको गुणस्तरसमेत फोहोर रहेको तथा पानी पुरी बनाउने र कवाडी सामान भण्डारण गर्ने ठाउँ एउटै रहेको भेटिएको थियो ।

यससँगै दुवै उद्योगहरूमा भेटिएको मैदा तथा सूजी सिल गर्नुका साथै सात दिनभित्र डिभिजन कार्यालयमा आई बयान दिन र हाललाई पानी पुरीको उत्पादन तथा बिक्री वितरण बन्द गर्न निर्देशन दिइएको खाद्य निरीक्षक नवराज आचार्यले बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस