जनतालाई सङ्घीयता मान्य छैन : चित्रबहादुर केसी « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

जनतालाई सङ्घीयता मान्य छैन : चित्रबहादुर केसी


२१ आश्विन २०८०, आइतबार


काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले जनतालाई संघीय व्यवस्था मान्य नभएको बताएका छन्। आइतबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद केसीले नेपाली जनताले नेपालमा एकात्मक प्रणालीको विकल्प सङ्घात्मक प्रणाली हुन नसक्ने कुरा महसुस गरिसकेको बताएका हुन्।

उनले नेपाली जनताले सङ्घीयता मान्य छैन भनेर देखाइसकेको बताए। उनले जनतालाई मान्य नहुँदा पनि सङ्घीयताको मुरली किन बजाइरहेको भनेर सांसदहरूलाई प्रश्न गरे।

उनले मुख्यमन्त्रीहरूलाई भैंसेपाटीमा दरबार बनाउनु नै सङ्घीयता हो भनी प्रश्नसमेत गरे। अध्यक्ष केसीले सङ्घीयताले गरी नखाएको टिप्पणी गरे। उनले प्रजातान्त्रिक विकेन्द्रीकरण गरेर स्थानीय तहलाई अधिकार दिनुपर्ने बताए।

Tags :
प्रतिक्रिया दिनुहोस