हिमपहिरोमा १ नेपालीसहित २ जनाको ज्यान गयो, कीर्तिमानी आरोही तेन्जेन लामा बेपत्ता « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

हिमपहिरोमा १ नेपालीसहित २ जनाको ज्यान गयो, कीर्तिमानी आरोही तेन्जेन लामा बेपत्ता


२१ आश्विन २०८०, आइतबार


काठमाडौँ । चीनको तिब्बतमा रहेको सिसापाङ्मा हिमालमा गएको हिमपहिरोमा परेर एक जना नेपालीसहित दुई जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा नेपाली आरोही मिङमार शेर्पा र एक जना अमेरिकी महिला आरोही रहेका छन् । 

यस्तै नेपालका विश्व कीर्तिमानी आरोही तेन्जेन लामा र एक जना अमेरिकी महिला आरोही बेपत्ता भएका चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । तेन्जेन लामाले गएको साउनमा ९२ दिनमै विश्वका अग्ला १४ वटा हिमालको आरोहण गरेर कीर्तिमान बनाएका छन् । 

सिसापाङ्मा हिमालमा हिजो शनिवार दिउँसो सात हजार छ सय मिटरमाथि हिमपहिरो गएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस