एमाले सुदूरपश्चिमको अधिवेशन सुरु हुँदै, ओलीले उद्घाटन गर्ने « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

एमाले सुदूरपश्चिमको अधिवेशन सुरु हुँदै, ओलीले उद्घाटन गर्ने


२१ आश्विन २०८०, आइतबार


काठमाडौँ । नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीको प्रथम अधिवेशन आजबाट सुरु हुँदैछ। 

उद्घाटनका लागि अध्यक्ष केपी शर्मा ओली आज धनगढी जाँदै छन्। ओली बिहान पौने ९ बजे धनगढी जाने सचिवालयले जनाएको छ।   एमालेका सात भौगोलिक र एक गैह्र भौगोलिक प्रदेश कमिटी मध्ये छ वटाको अधिवेशन भइसकेको छ।

जसमा सबभन्दा पहिला लुम्बिनी प्रदेशको अधिवेशन भदौको १६ र १७ गते भएको थियो।  त्यसपछि भौगोलिकतर्फ बागमती, कर्णाली,कोशी र गण्डकी प्रदेशका अधिवेशन सम्पन्न भइसकेका छन्। 

गैह्र भौगौलिकतर्फ उपत्यका विशेष प्रदेश कमिटीको अधिवेशन पनि सम्पन्न भइसकेको छ। अब सुदूरपश्चिम र मधेस प्रदेशको अधिवेशन हुन बाँकी छ।

Tags :
प्रतिक्रिया दिनुहोस