कोशीमा नयाँ सरकार गठनको लागि प्रदेश प्रमुखद्वारा आह्वान, ६ दिनको समयसीमा « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

कोशीमा नयाँ सरकार गठनको लागि प्रदेश प्रमुखद्वारा आह्वान, ६ दिनको समयसीमा


२० आश्विन २०८०, शनिबार


काठमाडौँ । कोशी प्रदेशका प्रदेश प्रमुखले सरकार गठनका लागि दाबी पेश गर्न प्रदेश सभा सदस्यहरुलाई ६ दिनको समय दिएका छन् ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शनिबार मात्र राजीनामा दिएका थिए । त्यसको केही घन्टापछि प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ (५) बमोजिम प्रदेश सभाको विश्वासको मत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई मुख्यमन्त्री नियुक्त गरी सरकार गठनका लागि दाबी पेश गर्न आह्वान गरेका हुन् ।

यस्तो दाबी २६ असोज (शुक्रबार) अपराह्न ५ बजेभित्र पेश गरिसक्नुपर्ने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार : कोशीका मुख्यमन्त्री कार्कीले दिए राजीनामा, अब के होला ?

सम्बन्धित समाचार : कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले राजीनामा दिने

Tags :
प्रतिक्रिया दिनुहोस