आइजिपी कुँवर नेतृत्वको चार सदस्यीय टोली बेलायत प्रस्थान « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

आइजिपी कुँवर नेतृत्वको चार सदस्यीय टोली बेलायत प्रस्थान


२० आश्विन २०८०, शनिबार


काठमाडौँ । प्रहरी महानिरीक्षक (आइजिपी) बसन्तबहादुर कुँवर नेतृत्वको चार सदस्यीय टोली बेलायत प्रस्थान गरेका छन् ।

बेलायत सरकारको निमन्त्रणामा असोज २२ गतेदेखि २६ गतेसम्म आयोजना हुने सुरक्षा र न्याय सुदृढीकरणका लागि एकीकृत कार्यक्रम (फेज-२० विषयक कार्यक्रममा सहभागी हुन शनिबार आइजिपी कुँवर नेतृत्वको टोली बेलायत प्रस्थान गरेको हो।

आइजिपी कुँवरसँगै प्रहरी नायब महानिरीक्षक (डिआइजी) विष्णुकुमार केसी, प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी) द्वय दानबहादुर कार्की र शेखर खनाल बेलायत गएका हुन्।

उनीहरूलाई प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायब महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा शुभकामनासहित बिदाइ गरेका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस