मधेशमा सातौँ पटक मन्त्रिपरिषद् पुनर्गठन, एक मन्त्रालय थप  « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

मधेशमा सातौँ पटक मन्त्रिपरिषद् पुनर्गठन, एक मन्त्रालय थप 


१९ आश्विन २०८०, शुक्रबार


काठमाडौँ । मधेश प्रदेश सरकारले फेरि मन्त्रालय फुटाएर सातौँ पटक मन्त्रीपरिषद् पुनर्गठन गरेको छ ।

चार महिनादेखि विना विभागीय मन्त्री रहेकी जसपाकी सुरिता साहलाई दिन जनमतको भागमा रहेको शिक्षा तथा समाज कल्याण मन्त्रालय फुटाएर एक मन्त्रालय थपेको हो ।

सो मन्त्रालय फुटाएर खेलकुद तथा समाज कल्याण मन्त्रालय र शिक्षा तथा संस्कृति मन्त्रालयको बनाएको छ । सुरिता साहलाई खेलकुद तथा समाज कल्याण मन्त्रालय र यसअघि शिक्षा तथा समाज कल्याण मन्त्री रहेका जनमतका संसदीय दलका नेता महेशप्रसाद यादवलाई शिक्षा तथा संस्कृति मन्त्रालयको जिम्मेवारी दिइएको हो ।

मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयको सिफारिसमा प्रदेश प्रमुख हरिशंकर मिश्रले आज शुक्रबार विज्ञप्ति प्रकाशित गरी कार्यविभाजन सार्वजनिक गरेका हुन् ।

तर मुख्यमन्त्रीले मनपरी ढङ्गले आफ्नो भागको मन्त्रालय फोडेको भन्दै जनमत पार्टी असन्तुष्ट बनेको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस