निजामती सेवा विधेयकको विरोधमा आज पनि स्थानीय तहका कर्मचारीको प्रदर्शन  « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

निजामती सेवा विधेयकको विरोधमा आज पनि स्थानीय तहका कर्मचारीको प्रदर्शन 


१९ आश्विन २०८०, शुक्रबार


काठमाडौँ । संघीय निजामती सेवा विधेयक संशोधनको माग गर्दै देशभरका स्थानीय तहका कर्मचारी सडकमा उत्रिएका छन्।

सरकारले संघीय संसद्मा दर्ता गर्ने तयारी गरेको संघीय निजामती सेवा विधेयकको कर्मचारीले विरोध गरेका हुन्। देशभरका स्थानीय तहमा कार्यरत कर्मचारी विधेयक संशोधनको माग गरी काठमाडौँ आएका छन्।

यसअघि देशभरका शिक्षकले पनि विद्यालय शिक्षा विधेयक संशोधनको काठमाडौँमा प्रदर्शन गरेका थिए। सरकारले उनीहरूका माग सम्बोधन गर्ने सहमति गरेको थियो।

शिक्षा विधेयकजस्तै निजामती कर्मचारी विधेयक पनि लामो समयदेखि अड्किएको छ। अहिले सरकारले विधेयक दर्ता गर्न स्वीकृत दिएसँगै कर्मचारीले विरोध गरेका हुन्। उनीहरूले तीनै तहका कर्मचारीको समान वृतिविकास लगायतको माग गरेका छन्।

शुक्रबार काठमाडौँको माइतीघर मण्डलमा भेला भएका कर्मचारीले नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका छन्। 

Tags :
प्रतिक्रिया दिनुहोस