विपन्न समुदायमा सामाजिक रूपान्तरणको खाँचो : अध्यक्ष नेपाल « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

विपन्न समुदायमा सामाजिक रूपान्तरणको खाँचो : अध्यक्ष नेपाल


१९ आश्विन २०८०, शुक्रबार


काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकमा आर्थिक विकास गरी विपन्न समुदायको सामाजिक रूपान्तरण गर्नुपर्ने खाँचो औँल्याएका छन्।

पार्टीद्वारा सञ्चालित समाजवाद जागरण अभियानअन्तर्गत आज अमलेखगन्जमा आयोजित सभालाई सम्बोधन गर्दै उनले जनताको लामो समयदेखिको सङ्घर्षबाट राजनीतिक उपलब्धि प्राप्त भएको भए पनि उनीहरूको आर्थिक विकास तथा सामाजिक सुरक्षा हुन नसकेको बताएको सो पार्टीको सचिवालयले जनाएको छ।

उनले देश विकास र जनताको आर्थिक समृद्धिको सङ्कल्प पूरा गर्न आफ्नो पार्टी क्रियाशील रहेको जनाउँदै मुलुक रूपान्तरणका लागि सबै जाति समुदायका समस्या समाधान गर्न समाजवादी व्यवस्था कार्यान्वयन गर्नुपर्नेमा जोड दिए।

सभामा पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले रोजगारी, सुशासन र समृद्धिको नारासहित सुरु भएको अभियानको औचित्यबारे स्पष्ट पारे। उनले धार्मिक सहिष्णुता कायम गर्न सबै जाति समुदायको एकताबद्ध हुनुपर्नेमा जोड दिए।

पूर्वमन्त्री कृष्णकुमार श्रेष्ठले देशमा गाउँसम्म वैज्ञानिक समाजवादको जागरण फैलाउनुपर्ने बताए। अभियानअन्तर्गत काँकडभिट्टा, बिर्तामोड, दमक, उर्लाबारी, विराटचोक, इटहरी, इनरुवा, भारदह, राजविराजमा, छिन्नमस्त, अर्नाह, भगवानपुर, सिरहा सदरमुकाम, बन्दीपुर र जदुकुहा, जलेश्वर, ढल्केबर, बर्दिबास, लालबन्दी, गरुडा, हर्नैया, कलैया र वीरगञ्जमा सभा गरिएको थियो।

पार्टीका शीर्षनेताहरुले सम्बोधन गर्नुभएको अभियानमा कार्यकर्ता भेला, पत्रकार सम्मेलन र अन्तरक्रियासमेत गरिएको थियो। अभियान यही असोज २९ गते सुर्खेतमा सम्पन्न हुनेछ।

शुक्रबार सार्वजनिक सन्देश जारी गर्दै पूर्वराष्ट्रपति भण्डारीले नेपाली जनतालाई एकअर्काविरुद्ध उभ्याउने गतिविधिमाथि मलजल गर्न मिथ्या सूचना उपयोग भइरहेको तर्फ समेत ध्यानाकर्षण गराएकी छन् ।

धार्मिक, सांस्कृतिक, भाषिक तथा जातीय विविधतालाई देशको सौन्दर्य र सम्पदाका रूपमा आत्मसाथ गर्दै आएको भन्दै उनले भनेकी छन्, ‘कुनै पनि प्रकारका विभाजनकारी प्रवृत्तिबाट प्रभावित नभई जातीय, धार्मिक एवं सामाजिक सद्भावलाई जोगाउन हामी फेरि एक पटक एकताबद्ध बन्नु परेको छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस