भूकम्प प्रभावितको स्थिति बुझ्न बझाङ पुगे प्रधानमन्त्री ‘प्रचण्ड’  « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

भूकम्प प्रभावितको स्थिति बुझ्न बझाङ पुगे प्रधानमन्त्री ‘प्रचण्ड’ 


१९ आश्विन २०८०, शुक्रबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भूकम्प प्रभावितको स्थिति बुझ्न बझाङ पुगेका छन् । उनी नेपाली सेनाको हेलिकप्टरबाट बझाङको भोपुर ब्यारेकमा अवतरण गरेका हुन् ।

प्रधानमन्त्रीको आगमन हुने भएपछि यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ ।  ‘प्रचण्ड’ले भूकम्पले बढी क्षति गरेका स्थानको अवलोकन गर्ने र जिल्ला विपद् व्यवस्थापन समितिसँग अन्तर्क्रिया गर्ने लगायत कार्यक्रम निर्धारण गरिएको छ ।

प्रधानमन्त्री ‘प्रचण्ड’लाई भूकम्पबाट प्रभावित प्रतिनिधिमूलक ठाउँहरू देखाउने तयारी गरिएको छ ।

बझाङको तलकोट र चैनपुर आसपास केन्द्रबिन्दु भएर यही असोज १६ गते गएको भूकम्प र त्यसपछिका परकम्पले जिल्लामा क्षति गरेको छ ।

भूकम्पमा परी २० जना घाइते र एक जनाको मृत्यु भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस