संयम अपनाउन पूर्वराष्ट्रपति भण्डारीको अपिल « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

संयम अपनाउन पूर्वराष्ट्रपति भण्डारीको अपिल


१९ आश्विन २०८०, शुक्रबार


काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले संयम अपनाउन सबैलाई अपिल गरेकी छन् । देशका कतिपय स्थानमा भएका घटनाले धार्मिक, सांस्कृतिक एवं अन्तरसमुदायिक सद्भाव र सहिष्णुतामा गम्भीर प्रश्न उत्पन्न भएको भन्दै उनले सबैलाई जिम्मेवार बन्न र संयम अपनाउन अनुरोध गरेकी छन् ।

शुक्रबार सार्वजनिक सन्देश जारी गर्दै पूर्वराष्ट्रपति भण्डारीले नेपाली जनतालाई एकअर्काविरुद्ध उभ्याउने गतिविधिमाथि मलजल गर्न मिथ्या सूचना उपयोग भइरहेको तर्फ समेत ध्यानाकर्षण गराएकी छन् ।

धार्मिक, सांस्कृतिक, भाषिक तथा जातीय विविधतालाई देशको सौन्दर्य र सम्पदाका रूपमा आत्मसाथ गर्दै आएको भन्दै उनले भनेकी छन्, ‘कुनै पनि प्रकारका विभाजनकारी प्रवृत्तिबाट प्रभावित नभई जातीय, धार्मिक एवं सामाजिक सद्भावलाई जोगाउन हामी फेरि एक पटक एकताबद्ध बन्नु परेको छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस