अर्थमन्त्री महतको दाबी : बजारमा हल्ला भएजस्तो अर्थतन्त्र डामाडोल छैन « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

अर्थमन्त्री महतको दाबी : बजारमा हल्ला भएजस्तो अर्थतन्त्र डामाडोल छैन


१९ आश्विन २०८०, शुक्रबार


काठमाडौँ । अर्थमन्त्री प्रकाशशरण महतले बजारमा हल्ला भएजस्तो अर्थतन्त्र डामाडोल नभएको बताएका छन्।

शुक्रबार भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले अर्थतन्त्रमा आएको शिथिलतालाई समाप्त पारेर गति दिन सरकार लागिरहेको दाबी गरे ।
मन्त्री महतले निर्माण व्यवसायीहरूको बक्यौता रकम दसैँअघि भुक्तानी गर्नेसमेत दाबी गरेका छन्।

‘निर्माण व्यवसायीको गत असारसम्मको रकम तिर्ने तयारी भएको छ,’ उनले भने, ‘बाहिर मिडियामा भनेजस्तो ठूलो रकम नभई अब ६-७ अर्ब मात्रै बाकी छ।’

उनले सम्बन्धित मन्त्रालयलाई यर्थाथ विवरण पेश गर्न निर्देशन दिएको बताए।

राष्ट्र बैकले जारी गरेको मौद्रिक नीतिले अर्थतन्त्र सहज बनाउन भूमिका खेल्ने अर्थमन्त्रीले बताए ।

उनले अनावश्यक क्षेत्रमा लगानी नगरी उत्पादनमूलक क्षेत्रमा लगानी गर्न व्यवसायीलाई आग्रह गरेका छन्।
S

Tags :
प्रतिक्रिया दिनुहोस