रिगलको आममाफी विरुद्धको मुद्दा न्यायाधीश शर्माको इजलासमा « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

रिगलको आममाफी विरुद्धको मुद्दा न्यायाधीश शर्माको इजलासमा


१८ आश्विन २०८०, बिहिबार


काठमाडौँ । हालै जेलमुक्त भएका नेपालगञ्जका योगराज ढकाल ‘रिगल’को आममाफी विरुद्ध सर्वोच्च अदालतमा दायर रिट निवेदनमाथि सुनुवाइका लागि आज पेसी तोकिएको छ । सुनुवाइका लागि न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासमा पेसी तोकिएको हो ।

रिगलले २०७२ साल असार २९ गते खुँडा प्रहार गरेर नेपालगञ्जकै चेतन मानन्धरको हत्या गरेका थिए । चेतनकी पत्नी भारती मानन्धरले गत आइतबार रिगलको कैद सजाय मिनाहा गर्ने राष्ट्रपतिको निर्णय बदर हुनुपर्ने मागसहित सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेकी थिइन् ।

आफ्ना पतिको जघन्य हत्यामा संलग्न ढकालको कैद सजाय माफी मिनाहा गर्ने राष्ट्रपतिको निर्णय बदर गरेर उनलाई फेरि कैदमा पठाउन भारतीले माग गरेकी छन् । उनले ढकालको कैद मिनाहाको सिफारिस गर्ने जिल्ला कारागार र जिल्ला प्रशासन कार्यालय दाङ, गृह मन्त्रालय, महान्यायाधिवक्ता कार्यालय र कैद मिनाहाको सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय पनि बदर गर्न माग गरेकी छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस