अस्पताल पुगेर प्रधानमन्त्रीले लिए नेता आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

अस्पताल पुगेर प्रधानमन्त्रीले लिए नेता आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी


१८ आश्विन २०८०, बिहिबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उपचाररत पार्टी सचिव डिलाराम आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । बिहीबार बिहान काठमाडौँको वीर अस्पताल पुगेर प्रधानमन्त्री प्रचण्डले नेता आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।

पार्टी कार्यक्रमका लागि अछाम पुगेका आचार्य बुधबार एकाएक बेहोस भएपछि हेलिकोप्टरबाट काठमाडौँ ल्याइएको थियो । हाल उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस