महासङ्घका अध्यक्ष ढकाल र इन्डोनेसियाका राजदूतबीच भेटवार्ता « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

महासङ्घका अध्यक्ष ढकाल र इन्डोनेसियाका राजदूतबीच भेटवार्ता


१७ आश्विन २०८०, बुधबार


काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल र नेपालका लागि गणतन्त्र इन्डोनेसियाका राजदूत हेरु हार्तान्तो सुबोलोबीच भेटवार्ता भएको छ ।

बुधबार भएको भेटमा दुई देश बीच आपसी सहकार्य, व्यापार अभिवृद्धि र जनस्तरसम्म सम्बन्ध विस्तारबारे छलफल भएको महासङ्घले जनाएको छ ।

अध्यक्ष ढकालले इन्डोनेसिया सरकारले नेपाली पर्यटकलाई दिएको अन अराइभल भिसाको व्यवस्था पुनर्स्थापनाका लागि पहल गरिदिन राजदूतसँग आग्रह गरेका थिए ।

इन्डोनेसियाले कोभिड-१९ महामारीदेखि नेपालीहरूलाई दिँदै आएको अन अराइभल भिसा रोकेको थियो ।

नेपालका लागि गणतन्त्र इन्डोनेसियाका अवैतनिक वाणिज्यदूत समेत रहेका ढकालले नेपाल र इन्डोनेसियाबीच व्यापार अभिवृद्धि गर्न नेपालबाट हुने निर्यात बढाउन सहजीकरणको लागि राजदूतलाई आग्रह समेत गरेका छन् ।

सो अवसरमा राजदूत सुबोलोले अध्यक्ष ढकालले उठाएका विषयमा आफूले सक्दो सहयोग गर्ने र यसका लागि इन्डोनेसिया सरकारसँग कुराकानी गर्ने बताएका छन् ।

उनले नेपाली पर्यटकलाई दिइएको अन अराइभल भिसाको सुविधा पुनर्स्थापनाका लागि आफूले पहल गर्ने समेत बताए ।

नेपाली व्यवसायीले इन्डोनेसियामा धेरै वस्तुहरू निर्यात गरिरहेको बताउँदै थप निर्यातका लागि आफूले सहजीकरण गर्ने समेत बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस