भन्सार छली ल्याएको गहुँ ट्र्याक्टरसहित नियन्त्रणमा « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

भन्सार छली ल्याएको गहुँ ट्र्याक्टरसहित नियन्त्रणमा


१७ आश्विन २०८०, बुधबार


काठमाडौँ । प्रहरीले भन्सार छली चोरी पैठारी गरी भारतबाट ल्याएको गहुँ सहितको ट्र्याक्टर नियन्त्रणमा लिएको छ ।

बुधबार बिहान पौने ८ बजेतिर वीरगन्ज महानगरपालिका-१९ केहुनिया तिलावे पुल सडक-खण्डमा ना १ ख ९६४२ नम्बरको ट्र्याक्टरलाई गहुँसहित नियन्त्रणमा लिइएको पर्सा प्रहरीका प्रवक्ता (डीएसपी) कुमारविक्रम थापाले बताए । प्रहरी टोलीलाई देख्नासाथ चालक ट्र्याक्टर छाडी फरार भएको हुँदा उक्त ट्र्याक्टर बेवारिसे अवस्थामा फेला पारिएको उनले बताए ।

ट्र्याक्टरमा ७ लाख ३९ हजार ६ सय ८० रुपैयाँ बराबरको ८ हजार ५ सय ६० किलो गहुँ रहेको र थप अनुसन्धान तथा कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस