इन्जिनियरिङ अध्ययन संस्थानका पदाधिकारीले दिए राजीनामा « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

इन्जिनियरिङ अध्ययन संस्थानका पदाधिकारीले दिए राजीनामा


१७ आश्विन २०८०, बुधबार


काठमाडौँ । इन्जिनियरिङ अध्ययन संस्थानका प्रवेश परीक्षा बोर्डका अध्यक्ष, सदस्य तथा सल्लाहकारहरुले संयुक्त राजीनामा बुझाएका छन् । बोर्डको राजीनामासँगै २२ गते असोजदेखि तोकिएको प्रवेश परीक्षा नहुने पक्का भएको छ ।

बोर्डका पदाधिकारीले मंगलबार डिन कार्यालयले पठाएको पत्र अनुसार असोज १७, १८ र १९ गते फारम लिएर २२ गते परीक्षा सञ्चालन गर्न नसकिने भन्दै मंगलबार राजीनामा बुझाएको जनाएको छ ।

सोमबार संस्थानका डिन प्रा.डा.शशीधर राम जोशीले इन्जिनियरिङको स्नातक तहको शिक्षण शुल्क पुरानै तीन लाख १८ हजारमा भर्ना लिने र भर्ना प्रवेश परीक्षाको लागि १७, १८ र १९ समय दिएको भन्दै सूचना जारी गरेको थियो । प्रवेश परीक्षा भने २२ असोजदेखि हुने उक्त सूचनामा जनाइएको थियो ।

तर त्यस मितिमा प्रवेश परीक्षा लिन नसकिने भन्दै बोर्डका अध्यक्ष प्रा।डा।शुशीलबहादुर बज्राचार्य, सदस्यहरु सहप्राध्यापक डा। सञ्जीवप्रसाद पाण्डे, उपप्राध्यापक किरणचन्द्र दाहाल, सदस्य सचिव विदुर ढकाल र सल्लाहरकाहरु सहप्राध्यापक डा। सुरज लामिछाने (परीक्षा शाखाका सहायक डीन) प्रा.डा.हिक्मत राज जोशीले राजीनामा दिएका हुन् ।

संस्थानले इन्जिनियरिङको स्नातक तहको पूर्ण शुल्कतर्फको शुल्क ७ लाख ७५ हजार बनाउने निर्णय गरेपछि विद्यार्थीहरुले आन्दोलन गरेका थिए । त्यसपछि त्रिभुवन विश्वविद्यालय र विद्यार्थी संगठनहरुसहितको वार्ताले शुल्कवृद्धि फिर्ता लिने र शुल्क निर्धारणलाई समिति बनाउने निर्णय गरेको थियो ।

तर सोमबार राति इन्जिनियरिङ अध्ययन संस्थानको डिन कार्यालयले फारम भर्ने र प्रवेश परीक्षा लिने समयसहितको सूचना जारी गरेको थियो ।

तर डिन कार्यालयका प्रतिनिधिलाई दबाबमा पारेर सूचना जारी गरिएको भन्द मंगलबार पुल्चोक क्याम्पसका ६ विभाग प्रमुखहरुले विभाग सञ्चालन गर्न स्ववियुलाई जिम्मेवारी हस्तान्तरण गरेको वक्तब्य निकालेका थिए ।

हेर्नुहोस् राजीनामा पत्र

Tags :
प्रतिक्रिया दिनुहोस