देउवाले गरे बझाङमा भूकम्पबाट भएको क्षतिप्रति दुःख व्यक्त « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

देउवाले गरे बझाङमा भूकम्पबाट भएको क्षतिप्रति दुःख व्यक्त


१७ आश्विन २०८०, बुधबार


deuba

काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बझाङमा मंगलबार गएको भूकम्पका कारण एकको मृत्यु, केही बेपत्ता र दर्जनौँ व्यक्ति घाइते भएको घटनाप्रति दुःख व्यक्त गरेका छन्।

उनले बुधबार एक विज्ञप्तिमार्फत सो घट्नाप्रति दुःख व्यक्त गर्दै सम्पूर्ण पीडितहरूको संवेदनशीलताप्रति पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट सहानुभूति प्रकट गरे।

सभापति देउवाले युद्धस्तरमा उद्धारको कार्य गर्न, हराएकाहरूको तत्काल खोजी, भूकम्पबाट प्रभावितलाई सुरक्षित स्थलतर्फ स्थानान्तरण, घाइतेको उपचार र राहतको कार्यमा सक्रियताका साथ लाग्न सरकारसँग आग्रह गरे।

उनले स्थानीय पार्टी पङ्क्तिलाई सक्रियतापूर्वक उद्धार र राहतको कार्यमा संलग्न हुन आग्रह गर्दै यस विपत्तिको सामना संयम र एकतापूर्वक गर्न स्थानीय सबै दिदीबहिनी तथा दाजुभाइमा अपिल गरेसमेत गरेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस