बाढीमा बगेर २३ सैनिक बेपत्ता « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

बाढीमा बगेर २३ सैनिक बेपत्ता


१७ आश्विन २०८०, बुधबार


काठमाडौँ । भारतको सिक्किममा टिस्टा नदीको बाढीले बगाउँदा २३ जना सैनिक बेपत्ता भएका छन् ।

बेपत्ता सैनिकहरूको खोजी भइरहेको सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले बताएका छन् ।

सेनाले जारी गरेको विज्ञप्तिअनुसार सिक्किममा भएको भारी वर्षाका कारण र चुङथाङ बाँधबाट पानी छाडिएका कारण तटीय क्षेत्रमा १५-२० फिटसम्म सतह बढेको थियो ।

बारदाङमा रहेका सैनिकहरू बाढीबाट प्रभावित भएको र राति करिब साढे १ बजेतिर २३ जना सैनिकहरू बगेर बेपत्ता भएको सेनाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Tags :
प्रतिक्रिया दिनुहोस