सामाजिक सञ्जालमा सद्भाव खलल हुने काम नगर्न बाँके प्रशासनको चेतावनी « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

सामाजिक सञ्जालमा सद्भाव खलल हुने काम नगर्न बाँके प्रशासनको चेतावनी


१७ आश्विन २०८०, बुधबार


काठमाडौँ । जिल्ला प्रशासन कार्यालय बाँकेले धार्मिक तथा सामाजिक सद्भावमा खलल पुग्ने काम नगर्न चेतावनी दिएको छ ।

बुधबार दिउँसो विज्ञप्ति जारी गर्दै प्रशासनले सामाजिक सञ्जाल र कुनै पनि माध्यमबाट त्यस्ता सामग्री प्रसारण/प्रकाशन नगर्नरनगराउन चेतावनी दिएको हो ।

‘नेपालगञ्जमा धार्मिक तथा सामाजिक सद्भावमा खलल पुग्ने गरी सामाजिक सञ्जाल तथा अन्य माध्यममा कुनै पनि किसिमको लेखेर, बोलेर र श्रव्य दृश्य जस्ता सञ्चार सामग्रीहरू प्रचार-प्रचार नगर्न नगराउन पुन: अनुरोध गर्दै त्यस्ता गतिविधि गरे गराएको पाइएमा प्रचलित कानून बमोजिम कडा कारबाही गरिनेछ,’ वक्तव्यमा उल्लेख छ ।

साथै प्रशासनले बाँकेमा सामाजिक र धार्मिक सद्भाव कायम राख्न सहयोग गर्न धार्मिक अगुवा, नागरिक समाज, सञ्चारकर्मीलगायत नागरिकलाई अनुरोध गरेको छ ।

बाँकेको नेपालगञ्जमा हिन्दु र मुस्लिम समुदायबीच तनाव बढ्ने संकेत देखिएपछि मंगलबार दिउँसो १ बजेदेखि कर्फ्यु जारी गरिएको छ ।

स्थानीय प्रशासन ऐन २०२८ को ६ (क)मा कुनै ठाउँमा आन्दोलन वा हुलदंगा भई शान्ति भङ्ग हुन सक्ने देखिएमा परिस्थितिको विचार गरी प्रमुख जिल्ला अधिकारीले त्यस्तो स्थानको सिमाना तोकी कर्फ्यु लगाउन सक्ने व्यवस्था छ ।

Tags :
प्रतिक्रिया दिनुहोस