मन्त्रिपरिषद्को बैठक जारी, शहरीले सचिव पाउँदै « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

मन्त्रिपरिषद्को बैठक जारी, शहरीले सचिव पाउँदै


१६ आश्विन २०८०, मंगलबार


काठमाडौँ । मन्त्रिपरिषद्को बैठक जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अपराह्न ४ बजेबाट शुरु भएको बैठक चलिरहेको छ । 

आजको बैठकमा मन्त्रालयहरूका नियमित प्रस्तावहरूसँगै केही प्रशासनिक निर्णय हुन सक्नेछ । बैठकले रिक्त खानेपानी मन्त्रालयको सचिव नियुक्त गर्ने निर्णय हुने प्रशासन सिंहदरवार विशेष ब्युरोलाई जानकारी प्राप्त भएको छ । 

‘सुरेश आचार्य, प्रमीला बज्राचार्य र मणिराम गेलालमध्येबाट एक जनालाई शहरी सचिवमा पठाउन सक्ने र सम्भवतः प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गेलाललाई नै शहरी सचिवको जिम्मेवारी दिने देखिन्छ’ स्रोतले भन्यो, ‘उनी बुझेका र इमानदार सचिवका रूपमा मानिन्छन् ।’ 

तत्कालीन सचिव रवीन्द्रनाथ श्रेष्ठ अनिवार्य अवकाशमा गएसँगै शहरीमा सचिव पद रिक्त रहेको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस