नापीका अधिकृतदेखि खरिदारसम्मका ८५८ कर्मचारीको सरुवा, ७ जना नापी अधिकृतको पदस्थापन  « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

नापीका अधिकृतदेखि खरिदारसम्मका ८५८ कर्मचारीको सरुवा, ७ जना नापी अधिकृतको पदस्थापन 


१५ आश्विन २०८०, सोमबार


काठमाडौँ । नापी विभागले ठुलो सङ्ख्यामा कर्मचारीहरूको सरुवा गरेको छ । विभागले सोमबार नेपाल इन्जिनियरिङ सेवा, सर्भे समूह, राजपत्राङ्कित तृतीय श्रेणी, नापी अधिकृत पदका ११३, राजपत्र अनङ्कित प्रथम श्रेणी, सर्भेक्षक पदका ४९८ र अनङ्कित द्वितीय श्रेणी अमिन पदका २४७ जना कर्मचारीको सरुवा गरेको हो । 

विभागले ७ जना नापी अधिकृतको पदस्थापनसमेत गरेको छ । 

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट स्वीकृत कर्मचारी सरुवा सम्बन्धी मापदण्ड, २०८० समेतका आधारमा सरुवा गरेको विभागको दाबी छ । पछिल्लो समय निजामतीमा कर्मचारी सरुवा सबैभन्दा बढी आलोचित हुने गरेको छ । आफ्ना, आफन्तदेखि लेनदेनसम्ममा सरुवा जोडिँदै आए पनि यसको दीर्घकालीन समाधानमा कोही कसैले नचाहेकै कारण एकपछि अर्को आलोचना हुने गरेको छ । 

हेर्नुहोस् सूची :

Tags :
प्रतिक्रिया दिनुहोस