दसैँका बेला यातायात र सडकबारे छलफल गर्न संसदीय समितिले मन्त्री ज्वालालाई बोलायो « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

दसैँका बेला यातायात र सडकबारे छलफल गर्न संसदीय समितिले मन्त्री ज्वालालाई बोलायो


१५ आश्विन २०८०, सोमबार


काठमाडौँ । संघीय संसद, प्रतिनिधि सभा पूर्वाधार विकास समितिले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई बोलाएको छ ।

दसैँ, तिहारजस्ता चाडपर्वलाई लक्षित गर्दै यातायातको व्यवस्थापनबारे सचेत गराउने उद्देश्यका साथ असोज १७ गते बुधबार मन्त्री ज्वाला र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका पदाधिकारीलाई बोलाउने निर्णय गरेको हो ।

दसैँ, तिहारमा सर्वसाधारण काठमाडौँबाट घर जाने बेला यातायातको उचित व्यवस्था गर्न र बाढी, पहिरोले भत्किएका सडक मर्मतका विषयमा मन्त्रीसँगै छलफल गर्ने निर्णय गरिएको समितिका सभापति दीपकबहादुर सिंहले बताए ।

‘‘राजमार्गहरू पहिरोले तहसनहस भएको छ । त्यसलाई चाँडो बनाउनका लागि र उपत्यकाबाट बाहिरी जिल्लाहरूमा लाखौँको संख्यामा जनताहरू आफ्नो घरघर जाने भएकाले त्यसको जाने व्यवस्था, बसको टिकट, बस व्यवस्थापनका लागि अनुरोध गर्न मन्त्रीज्यूलाई पनि बोलाउन लागिएको हो’ उनले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस