सुन तस्करीमा सीआईबीको छानबिन एक हदसम्म सफल : गृहमन्त्री श्रेष्ठ « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सुन तस्करीमा सीआईबीको छानबिन एक हदसम्म सफल : गृहमन्त्री श्रेष्ठ


१५ आश्विन २०८०, सोमबार


काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले देशमा भइरहेको सुन तस्करी प्रकरणमा सीआईबीले गरेको छानबिन एकहदसम्म सफल भएको दाबी गरेका छन् । हेटौंडामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले तस्करीका घटनालाई अन्त्य गर्नको लागि सहमतिअनुसार आयोगको समेत घोषणा भइसकेको बताए ।

उनले भने, ‘देशमा भइरहेको सुन तस्करीको घटनामा सीआईबीले छानबिन गरेर एउटा हदसम्म सफल बनाएर अदालतमा पुर्‍याइसकेको छ । बाँकी अनुसन्धानलाई पनि खुला राखेर छानबिन भइरहेको छ । यस्ता खालका तस्करीका घटना पटकपटक किन दोहोरिराख्या छ भन्नको निम्ति सहमतिअनुसार नीति निर्माण, संचरनाबारे, यसअघिका भएका छानबिनमाथि पनि अध्ययन गरेर थप अनुसन्धानको आवश्यकता भए कारबाहीको सिफारिस गर्न आयोग पनि घोषणा गरिसकिएको छ ।’

सरकारले अघि बढाएको तस्करीमा छानबिन प्रक्रियालाई आम जनताको समर्थन पनि पाएको उनको भनाइ छ ।

गृहमन्त्री श्रेष्ठले भने, ‘अहिले भ्रष्टाचारी, तस्कर र अपराधीविरुद्ध अभियान चलाउँदा तीनि या तीनका संरक्षकहरु सरकार, सम्बन्धित मन्त्रालय र मन्त्रीविरुद्ध आक्रमण ढंगले प्रस्तुत गरिरहेका छन् । यो नबुझेको कुरा होइन हामीले । संगठित ढंगले सुशासनको अभियानलाई तुहाउन केही शक्तिहरु लागि परेका छन् ।’

उनले यो सरकारले नक्कली भुटानी शरणार्थी र ललिता निवास जग्गा प्रकरणका दोषीलाई पनि कारबाहीको प्रक्रिया अघि बढाएको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस