प्रधानमन्त्रीको चीन भ्रमण नाटकबाजी : ज्ञानेन्द्र शाही « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

प्रधानमन्त्रीको चीन भ्रमण नाटकबाजी : ज्ञानेन्द्र शाही


१४ आश्विन २०८०, आइतबार


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रधानमन्त्रीको चीन भ्रमणलाई नाटकबाजीको संज्ञा दिएका छन्।

आइतबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै प्रमुख सचेतक शाहीले प्रधानमन्त्रीको चीन भ्रमणको क्रममा हङकङ, मकाउलगायतका देशमा नेपालीहरूले भोग्ने समस्याको समाधान नभएको बताए।

उनले हङकङ र मकाउमा पासपोर्ट बनाउने सम्बन्धमा नेपालीहरूमा समस्या हुने गरेको भन्दै उनले सो समस्या समाधान हुन नसकेको बताए।

उनले भने,‘अहिले पनि हङकङको समस्या समाधान भएको छैन। हङकङमा हजारौँ नेपालीहरू आज पनि अलपत्र परेका छन्। आज पनि हङकङ र मकाउमा नेपालीहरूले पासपोर्ट बनाउँदा खेरी नेपालीहरूमा ठूलो समस्या पैदा भएको छ। त्यसको कहीँ कतै समस्याको समाधान भएको छैन। त्यो भएर यसलाई उपलब्धि होइन कि नाटकबाजी भन्नुपर्छ।’

Tags :
प्रतिक्रिया दिनुहोस