प्रतिकूल बकपत्र गरेको आरोपमा लामाविरुद्ध मुद्दा दायर « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

प्रतिकूल बकपत्र गरेको आरोपमा लामाविरुद्ध मुद्दा दायर


१४ आश्विन २०८०, आइतबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रतिवादी योगेन्द्र ढुङ्गेल भएको घुस-रिसवत मुद्दामा सरकारी साक्षीको रूपमा पेश गरेका ज्ञानहरी लामाविरुद्ध भ्रष्टाचार। मुद्दा दायर गरेको छ ।

विशेष अदालतसमक्ष बकपत्र गर्दा प्रतिकूल बकपत्र गरेको आरोपमा लामाविरुद्ध मुद्दा दायर गरिएको हो ।

काठमाडौँको गोकर्णेश्वर नगरपालिका बस्ने लामाले आयोगबाट अनुसन्धानको क्रममा गरिएको बयानको ब्यहोराको प्रतिकूल हुने गरी अदालत समक्ष बकपत्र गरेको आयोगको दाबी छ । लामाले अनुज्ञा पत्रको लागि रु. एक लाख ५० हजार रुपैयाँ घुस-रिसवत दिई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (२) बमोजिमको कसुर गरेको अख्तियारका प्रवक्ता भोला दाहालले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस