दुर्घटनामा खुट्टा गुमाएकी घिमिरेलाई आर्थिक सहयोग « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

दुर्घटनामा खुट्टा गुमाएकी घिमिरेलाई आर्थिक सहयोग


१३ आश्विन २०८०, शनिबार


काठमाडौँ । सवारी दुर्घटनामा खुट्टा गुमाएकी रामेछापकी कांग्रेस नेत्री एन्ड्रिना घिमिरेलाई अर्थिक सहयोग गरिएको छ ।

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का सचिव शङ्कर खड्काको पहलमा अमेरिकामा बस्ने नेपालीबाट सङ्कलन गरिएको रू. तीन लाख ५१ हजार एक सय ११ आज कांग्रेसका पूर्वमहामन्त्री डा. शशाङ्क कोइरालाले घिमिरेलाई हस्तान्तरण गरे ।

कार्यक्रममा कांग्रेस नेता डा. कोइरालाले रकम सङ्कलनको संयोजन गर्ने र सहयोग गर्नेलाई धन्यवाद दिँदै आगामी दिनमा पनि सहयोग हुने विश्वास व्यक्त गरे । “दुःखमा परेकालाई मैले आवश्यक सहयोग गर्नेछु, नागरिकको दुःखमा जोडिने मेरो प्रयास रहनेछ,” उनले भने ।

कांग्रेस केन्द्रीय सदस्य जितजङ्ग बस्नेतले घिमिरेको उपचारमा सहयोग गर्न सबैलाई आग्रह गरे । उनले घिमिरेलाई खुट्टा गुम्यो भनेर आत्मबल नगुमाउनसमेत आग्रह गरे ।

सहयोग हस्तान्तरण कार्यक्रममा कांग्रेस काठमाडौँका सभापति सबुज बानिया, नेता हरिबोल भण्डारी, दीपक भट्टराई, एनआरएनका उपाध्यक्ष दुर्गा आचार्य, महासचिव गौरीराज जोशी, एनआरएनका महासचिव केशव पौडेललगायतको सहभागिता थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस