नेकपा एमाले कर्णाली प्रदेशको नेतृत्व चयनका लागि मतदान हुँदै « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

नेकपा एमाले कर्णाली प्रदेशको नेतृत्व चयनका लागि मतदान हुँदै


१३ आश्विन २०८०, शनिबार


काठमाडौँ । नेकपा एमाले कर्णाली प्रदेशको नेतृत्व चयनका लागि १२ बजेबाट मतदान सुरु हुँदैछ । आज बिहान ८ बजे उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिनेछ ।

कर्णाली प्रदेशको भावी अध्यक्षका लागि पाँच जनाको उम्मेदवारी दर्ता भएको छ ।अध्यक्षका लागि गुलावजंग शाह, मीनबहादुर शाही, राजबहादुर शाही, प्रेमबहादुर सिंह र प्रकाश रोकायाले उम्मेदवारी दर्ता गराएका छन् ।

आज हुने निर्वाचनले एमाले कर्णालीमा पाँच जना पदाधिकारी सहित १३५ सदस्यीय कमिटी निर्वाचित गर्नेछ । अधिवेशनमा कर्णालीका १० जिल्लाबाट ६०४ प्रतिनिधिहरू रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस