एमाले बागमतीमा सहमतिको प्रयास जारी, मतदान भोलिलाई सर्‍यो « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

एमाले बागमतीमा सहमतिको प्रयास जारी, मतदान भोलिलाई सर्‍यो


११ आश्विन २०८०, बिहिबार


काठमाडौँ । नेकपा एमाले बागमती प्रदेश कमिटीको नेतृत्व चयनका लागि आज निर्वाचन नहुने भएको छ । भोलि बिहान ८ बजेबाट मतदान प्रक्रिया सुरु हुने स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले बताएका छन् ।

अझै सहमतिको प्रयास जारी भएकाले भोलीसम्मको लागि मतदानको कार्यक्रम स्थगित गरेको उनले बताए । अहिले सहमतिको प्रयास जारी भएकाले आज ८ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय तोकिएको छ ।

सहमति नजुटे उम्मेदवारी अन्तिम नामावली प्रकाशन ९ बजे प्रकाशन हुने उनले बताए । अध्यक्षमा उम्मेदवारी दिएका कैलाश ढुङ्गेल र कृष्णप्रसाद दाहाल अझै अडानबाट पछि हटेका छैनन् ।

Tags :
प्रतिक्रिया दिनुहोस