एमालेद्वारा मधेश प्रदेश अधिवेशनको नारा र लोगो सार्वजनिक « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

एमालेद्वारा मधेश प्रदेश अधिवेशनको नारा र लोगो सार्वजनिक


११ आश्विन २०८०, बिहिबार


काठमाडौँ । नेकपा एमालेको आगामी असोज २४ र २५ गते हुने मधेश प्रदेशको प्रथम अधिवेशनको नारा र लोगो सार्वजनिक गरिएको छ ।

एमाले जनकपुरधाममा आज पत्रकार सम्मेलन गरी नारा र लोगो सार्वजनिक गरेको हो ।

एमालेका मधेश प्रदेश अध्यक्ष रामअवतार यादवको अध्यक्षचामा पार्टी सचिव तथा मधेश प्रदेश इन्चार्ज योगेश भट्टराई, पोलिटब्युरो सदस्यद्वय लिलानाथ श्रेष्ठ र जुली महतोले संयुक्त रूपमा नारा र लोगो सार्वजनिक गरेका हुन् ।

एमाले अधिवेशनको नारा ‘सामाजिक न्याय र सुशासन हाम्रो कार्यभार, मधेशको स्वाभिमान र समृद्धिको लागि एमाले सरकार’ राखेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस