‘समाजवादी जागरण अभियान’ सञ्चालन गर्दै एकीकृत समाजवादी « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

‘समाजवादी जागरण अभियान’ सञ्चालन गर्दै एकीकृत समाजवादी


११ आश्विन २०८०, बिहिबार


काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले ‘समाजवादी जागरण अभियान २०८०’ गर्ने भएको छ। एकीकृत समाजवादीले यही असोज १४ गतेदेखि असोज २९ गतेसम्म समाजवादी जागरण अभियान गर्ने भएको हो।

बिहीबार पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै एकीकृत समाजवादीले समाजवादी जागरण अभियानमार्फत पूर्व–पश्चिम यात्रा गर्न लागिएको जानकारी गराएको हो।

असोज १४ गते काँकडभिट्टाको मेची नदी किनारबाट सुरु हुने अभियान असोज २९ गते कञ्चनपुर पुगेर समाप्त हुने जनाइएको छ। यस अवधिमा करिब १ हजार किलोमिटर यात्रा हुने बताइएको छ।

यसबीचमा विभिन्न जिल्लाहरूमा पार्टीका विभिन्न तह र तप्काका कमिटीहरूसँग छलफल गर्दै र जनताको कुरा सुन्दै गइने पार्टीका महासचिव घनश्याम भुसालले बताए।

उनले ‘रोजगारी, समृद्धि र सुशासन’ को नाराका साथ हुन लागेको समाजवादी जागरण अभियानमा समृद्धि र समाजवादको लागि हुनुपर्ने ठोस कार्यक्रमका बारेमा जनतालाई बताउने जानकारी दिए।

Tags :
प्रतिक्रिया दिनुहोस