साझा प्रकाशनको पुस्तक प्रदर्शनीमा ८० प्रतिशतसम्म छुट « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

साझा प्रकाशनको पुस्तक प्रदर्शनीमा ८० प्रतिशतसम्म छुट


११ आश्विन २०८०, बिहिबार


काठमाडौँ । पठन संस्कृति विकासका लागि साझा प्रकाशनले आयोजना गरेको पुस्तक प्रदर्शनी २०८० मा पाठकले उल्लेख्य उपस्थिति जनाएका छन् ।

असोज ७ गतेदेखि ललितपुरको पुलचोकमा रहेको साझा प्रकाशनको प्राङ्गणमा शुरु भएको प्रदर्शनीमा पाठक तानिएका हुन् । साझा प्रकाशनले पाठकका लागि प्रदर्शनीमा २० देखि ८० प्रतिशतसम्मको छुट दिएको छ ।

आजसम्म पाठक उल्लेख्य उपस्थित भएका र अझै २२ गतेसम्ममा धेरैले उपस्थिति जनाउने अपेक्षा आफूहरूको रहेको साझा प्रकाशनका निमित्त महाप्रबन्धक भेषराज घिमिरेले बताए । उनले प्रदर्शनीमा यस पटक भैरवबहादुर थापाको अल्फा साइन्स (नाट्य व्याकरण) नयाँ पुस्तकका रूपमा रहेको र बाबुराम आचार्यले लेखेको पृथ्वीनारायण शाहको जीवनीलाई पुनःमुद्रण गरेर प्रदर्शनीमा राखिएको बताए ।

घिमिरेले प्रदर्शनी स्थललाई व्यवस्थित गर्दै लगेको र पाँच सयभन्दा बढी विधाका पुस्तक प्रदर्शनीमा राखिएको जनाए । उनले पहिला आख्यानहरू धेरै बिक्री हुने गरे पनि अहिले पुराना र इतिहासको पुस्तकप्रति पाठकको रुचि बढ्दै गएको बताए । देशभर गरेर ४० लाख रुपैयाँसम्मको पुस्तक बिक्री हुने उनको अनुमान छ ।

Tags :
प्रतिक्रिया दिनुहोस