नेकपा एसजस्तो वाम विकल्प र स्पष्ट लक्ष्य भएको पार्टी अरु छैन : घनश्याम भुसाल « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

नेकपा एसजस्तो वाम विकल्प र स्पष्ट लक्ष्य भएको पार्टी अरु छैन : घनश्याम भुसाल


११ आश्विन २०८०, बिहिबार


काठमाडौँ । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले आजको मुलुकको समस्या समाधान गर्न सक्ने सबैभन्दा स्पष्ट दिशा र कार्यक्रम भएको पार्टी नै आफ्नो भएको दाबी गरेका छन् ।

मेची-महाकाली समाजवादी जागरण यात्राबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा अहिलेसम्मको उपलब्धिको रक्षा गर्दै अघि बढ्ने बताए ।

उनले भने, ‘जनताको अधिकारहरूको संरक्षण गर्दै अरु लोकतान्त्रिक समाजवादी शक्तिहरूसँग हातेमालो गर्दै मुलुकको समृद्धि र रूपान्तरणको सुनिश्चित गर्न लाग्छौँ। एउटा लोकतान्त्रिक, बलियो र समावेशी पार्टी हामीले निर्माण गर्छौँ ।’

उनले अरु समाजवादी मोर्चाहरूसँग हातेमालो गर्दै मुलुकको वाम विकल्पको तयारीमा आफूहरू रहेको बताए । उपलब्धि रक्षाका लागि देशभक्त र लोकतान्त्रिक शक्तिहरूसँग पनि सहकार्य हुने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस