स्वास्थ्यकर्मीको माग पूरा नभए कडा आन्दोलन गर्ने मधेश काँग्रेस स्वास्थ्य विभागको चेतावनी « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

स्वास्थ्यकर्मीको माग पूरा नभए कडा आन्दोलन गर्ने मधेश काँग्रेस स्वास्थ्य विभागको चेतावनी


११ आश्विन २०८०, बिहिबार


काठमाडौँ। नेपाली काँग्रेस मधेश प्रदेशको स्वास्थ्य विभागले आन्दोलित स्वास्थ्यकर्मीको माग पूरा नभए कडा आन्दोलन गर्ने चेतावनी दिएको छ ।

काँग्रेस मधेशका स्वास्थ्य विभागकी प्रमुख शर्मिला थापा र उपप्रमुख डा. सज्जन ठाकुरले विज्ञप्ति जारी गरेर स्वास्थ्यकर्मीको आन्दोलनमा समर्थन जनाउँदै जायज माग पूरा नभए कडा आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।

देशका विभिन्न स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीमाथि हुँदै आइरहेको हमला, दुर्व्यवहार र शारीरिक तथा भौतिक हमला गरिएको घटना सर्वविदित नै भन्दै विज्ञप्तिमा भनिएको छ, ‘यस्ता साङ्घातिक हमला गरी घाइते बनाइएको एवं स्वास्थ्य संस्था तोडफोड गरी स्वास्थ्य जस्ता अति संवेदनशील क्षेत्रलाई आतङ्कित पार्ने दुस्प्रयासहरुले नेपाली काँग्रेस मधेस प्रदेश स्वास्थ्य विभाग स्तब्ध भएको छ । साथै यस्ता अमानवीय घटनाको घोर भर्त्सना एवं निन्दा गर्दछ ।’

नेपाल सरकार तथा सरोकारवाला निकायले पहिलो संशोधन ऐन २०७९ बमोजिम कानुनी कारबाही तथा जायज माग पूरा नगरेको अवस्थामा सशक्त रूपमा कडा आन्दोलन गर्ने चेतावनी विज्ञप्तिमार्फत काँग्रेस मधेशको स्वास्थ्य विभागले दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस