कोशीमा उराव तथा झाँगड समुदायलाई भोली सार्वजनिक बिदा « प्रशासन
Logo १६ मंसिर २०८०, शनिबार
   

कोशीमा उराव तथा झाँगड समुदायलाई भोली सार्वजनिक बिदा


११ आश्विन २०८०, बिहिबार


काठमाडौँ । कोशी प्रदेश सरकारले उराव तथा झाँगड समुदायलाई सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले असोज १२ गते हुने करम धर्म पर्वको उपलक्ष्यमा कोशी प्रदेशमा उराव तथा झाँगड समुदायलाई सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

यस्तै झापाको अर्जुनधारा नगरपालिका र अमेरिकाको टेक्सासबीच भगिनी सम्बन्ध कायम गर्न नेपाल सरकारको पूर्वस्वीकृति लिन सिफारिस गर्ने निर्णयसमेत गरेको एक मन्त्रीले जनाकारी दिएका छन् ।

उच्चस्तरीय प्रशासन सुधार कार्यदलको प्रतिवेदन २०८० सार्वजनिककरण गर्ने र कृषि आयमा लगाउँदै आएको कर प्रदेश सञ्चितकोषमा दाखिला गर्ने व्यवस्थाको लागि नेपाल सरकार अर्थ मन्त्रालयलाई अनुरोध गर्ने निर्णयसमेत भएको उनले बताए उनको भनाई छ ।

Tags :
प्रतिक्रिया दिनुहोस