एमाले बागमती अधिवेशन : पाण्डेले फिर्ता लिए उम्मेदवारी « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

एमाले बागमती अधिवेशन : पाण्डेले फिर्ता लिए उम्मेदवारी


११ आश्विन २०८०, बिहिबार


काठमाडौँ ।  नेकपा एमाले बागमती प्रदेशका अध्यक्ष केशव पाण्डेले उम्मेदवारी फिर्ता लिएका छन्। सकेसम्म सर्वसम्मतको प्रयास गर्ने भन्दै उनले उम्मेदवारी फिर्ता लिए पनि अन्य उम्मेदवारले भने आफ्नो आकाङ्क्षा कायमै राखेका छन्।

एमाले बागमती प्रदेश अध्यक्षका लागि वर्तमान अध्यक्ष पाण्डेसहित पूर्वसांसद कृष्ण दाहाल, पूर्व प्रदेशमन्त्री कैलाश ढुङ्गेल, पूर्व प्रदेश सभामुख सानुकुमार श्रेष्ठ र केशरबहादुर बुढाथोकीले उम्मेदवारी दर्ता गरेका थिए। उम्मेदवारको सूची प्रकाशित गर्दा पाण्डेको नाम छैन। एमाले नेता रामेश्वर फुयाँले पाण्डेले आफ्नो उम्मेदवारी फिर्ता लिएको जानकारी दिए।

पाण्डेले आफूलाई सर्वसम्मत रुपमा अर्को कार्यकालका लागि छाड्न आग्रह गरे पनि चार जनाले उम्मेदवारी दर्ता गराएका हुन्।

Tags :
प्रतिक्रिया दिनुहोस