सशस्त्र प्रहरी बल नेपाल नम्बर ३६ ले मनायो स्थापना दिवस « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३६ ले मनायो स्थापना दिवस


११ आश्विन २०८०, बिहिबार


डोटी । डोटी जिल्ला स्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर ३६ गण हेड क्वाटर डोटीले ५ औँ स्थापना दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाएको छ।

सशस्त्र प्रहरी बल नम्बर ३६ गण हेड क्वाटर डोटीले बुधवार एक कार्यक्रमको आयोजना गरी स्थापना दिवस मनाएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका सशस्त्र प्रहरीको अत्तरिया स्थित नं ७ वैद्यनाथ बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआइजी)कुमार न्यौपानेले कठिन परिस्थितिमा पनि सशस्त्र प्रहरीले आफ्नो जिम्मेवारी इमानदारीपूर्वक बहन गर्न सफल भएको बताए ।

वि।स।२०५७ सालमा स्थापना भएपछि सशस्त्र प्रहरी बलले विपद्, सीमा सुरक्षा, शान्ति सुरक्षामा अहम् भूमिका निबार्ह गर्नुका साथै सरोकारवाला निकायहरू सँगको समन्वय सहकार्यमा सामाजिक कार्यमा पनि अहम् भूमिका निबार्ह गर्दै आइरहेको बताए ।

कार्यक्रमका प्रमुख अतिथि, विशिष्ट अतिथि र अतिथिहरूलाई धन्यवाद ज्ञापन गर्दै सशस्त्र प्रहरी बल नेपाल नम्बर ३६ गण हेड क्वाटर डोटीका प्रमुख प्रहरी उपरीक्षक राजु गौतमले नेपालको राष्ट्रिय अखण्डता, सार्वभौम सत्ता र जनताको नैसर्गिक अधिकारको लागि शक्ति सुरक्षा मुल मन्त्रलाई आत्मसाथ गर्दै सशस्त्र प्रहरी बल अहोरात्र खटिरहेको बताए ।

स्थापना दिवसको अवसरमा सशस्त्र प्रहरी बल नम्बर ३६ गण हेडक्वाटरले आयोजना गरेको खेलकुदमा उत्कृष्ट हुने, सङ्गठनभित्र उत्कृष्ट कार्य गर्नेहरूलाई प्रमाण पत्र सहित सम्मान गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३६ गण हेड क्वाटर डोटीका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक पूर्ण बहादुर चन्दले बताए ।

स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा सशस्त्र प्रहरीको अत्तरिया स्थित नं ७ वैद्यनाथ बाहिनीका बाहिनीपति ,डोटीका प्रमुख जिल्ला अधिकारी, नेपाली सेना भैरव प्रसाद गणका गणपति, प्रहरी प्रमुख, अनुसन्धान प्रमुख,जनप्रतिनिधि, नागरिक समाज, पत्रकार लगाएको सहभागिता रहेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस