डाक्टर कुटपिट प्रकरण : डीएसपी जोशीको सरुवा, प्रहरी निरीक्षक निलम्बनमा « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

डाक्टर कुटपिट प्रकरण : डीएसपी जोशीको सरुवा, प्रहरी निरीक्षक निलम्बनमा


१० आश्विन २०८०, बुधबार


काठमाडौँ । वडा प्रहरी कार्यालय वैदाम कास्कीमा कार्यरत डीएसपी वेद जोशीको सरुवा गरिएको छ । गृह मन्त्रालयले जोशीको सरुवा गरेको हो भने प्रहरी निरीक्षक मदन श्रेष्ठलाई निलम्बन गरेको हो ।

पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचाररत एक महिलाको मृत्युपछि आफन्तले डाक्टरको हेलचेक्र्याइँका कारण मृत्यु भएको भन्दै झडपको अवस्था सिर्जना भएको थियो । उक्त विवादमा सुरक्षाका लागि खटिएका श्रेष्ठले विवादास्पद अभिव्यक्ति दिँदै डाक्टर कुटेर आएको बताएका थिए।

उनीमाथि गृह मन्त्रालयले छानबिन गर्न समिति बनाएको र उक्त अवधिसम्मका लागि श्रेष्ठलाई निलम्बन गरिएको जनाइएको छ ।

यस प्रकरणमै सुरक्षा नेतृत्व लिएका वडा प्रहरी कार्यालय बैदाम प्रमुख डीएसपी जोशीलाई पनि जिल्ला प्रहरी कार्यालय कास्कीमा सरुवा गरिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस