काँग्रेसको सङ्खुवासभा सभापतिले दिए पदबाट राजीनामा « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

काँग्रेसको सङ्खुवासभा सभापतिले दिए पदबाट राजीनामा


१० आश्विन २०८०, बुधबार


काठमाडौँ । नेपाली काँग्रेसका सङ्खुवासभा सभापति दिपक खड्काले राजीनामा दिएका छन् । सभापति शेरबहादुर देउवालाई सम्बोधन गरेर जिल्ला सभापति खड्काले राजीनामा दिएका हुन् ।

उनले आफू प्रतिनिधिसभा सदस्य भएका कारण जिल्ला सङ्गठनका लागि पर्याप्त समय दिन नसक्ने भन्दै विधानबमोजिम अर्को सभापति चयन गर्न पनि सभापति देउवालाई आग्रह गरेका छन् ।

कम्युनिष्टहरुको किल्ला भनेर चिनिएको सङ्खुवासभामा काँग्रेसको झन्डा फहराएको भन्दै खड्काले आफू प्रतिनिधिसभा सदस्यका रुपमा काठमाडौंमा बस्नुपर्ने भएकाले जिल्ला सभापतिको जिम्मेवारीबाट अलग हुन लागेको उल्लेख गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस