एमाले कर्णाली अधिवेशन सुरु « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

एमाले कर्णाली अधिवेशन सुरु


१० आश्विन २०८०, बुधबार


काठमाडौँ । नेकपा (एमाले) को कर्णाली प्रदेश अधिवेशन सुरु भएको छ।

बुधबार दिउँसो १ बजेदेखि हुने भनिएको अधिवेशन केही ढिला गरी अपराह्न सवा ३ बजेदेखि सुरु भएको हो।

अधिवेशनको उद्घाटनका लागि अध्यक्ष केपी शर्मा ओली र महासचिव शङ्कर पोखरेल सुर्खेत आएका छन्।

उनीहरूले अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्ने कार्यक्रम छ।

वीरेन्द्रनगरस्थित सिटी हलमा सुरु भएको अधिवेशनमा ५ हजार बढी नेता तथा कार्यकर्ता सहभागी प्रदेश कमिटीले जनाएको छ।

अधिवेशनमा १० जिल्ला र मोर्चा सङ्गठनबाट गी ६०४ जना अधिवेशन प्रतिनिधिले भाग लिनेछन्।

प्रतिनिधिमध्ये १९५ जना महिला छन् भने समावेशी रूपमा एक सय ११ जना दलित प्रतिनिधि रहेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस