एमाले बागमती प्रदेश अधिवेशन : आज मनोनयन भोलि निर्वाचन « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

एमाले बागमती प्रदेश अधिवेशन : आज मनोनयन भोलि निर्वाचन


१० आश्विन २०८०, बुधबार


काठमाडौँ । नेकपा एमालेको बागमती प्रदेशको जारी अधिवेशनमा आज मनोनयन दर्ता हुँदै छ।

निर्वाचनका लागि बिहान ८ बजे मतदाता नामावली प्रकाशन गरिने भएको छ। अन्तिम नामावली ९ बजे प्रकाशित हुने छ। बिहान ९ बजेदेखि ११ बजेसम्म उम्मेदवारी दर्ता हुनेछ। ​अपराह्न ४ बजे उम्मेदवारको नामावली प्रकाशन हुनेछ। ५ बजे अन्तिम नामावली प्रकाशन गर्ने निर्वाचन कार्यतालिका छ।

बिहीबार बिहान ११ बजे मतदान हुने तय भएको स्थायी कमिटी सदस्य तथा निर्वाचन मण्डलका सदस्य शेरबहादुर तामाङले जानकारी दिए।

जारी अधिवेशनमा प्रस्तुत गरिएको राजनीतिक तथा साङ्गठनिक प्रतिवेदन सुझावसहित पारित भइसकेको छ। अधिवेशनमा बागमती प्रदेश अन्तर्गत १३ जिल्लाबाट झण्डै १२ सय प्रतिनिधि सहभागी छन्। अधिवेशनले पाँच पदाधिकारीसहित २ सय ४० सदस्यीय समिति चयन गर्नेछ।

Tags :
प्रतिक्रिया दिनुहोस