‘सङ्घीयताको सफल कार्यान्वयन गर्न प्रदेश र पालिकालाई अधिकार सम्पन्न बनाउनुपर्छ’ « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

‘सङ्घीयताको सफल कार्यान्वयन गर्न प्रदेश र पालिकालाई अधिकार सम्पन्न बनाउनुपर्छ’


९ आश्विन २०८०, मंगलबार


मोरङ । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय अध्यक्ष नारायणमान बिजुक्छेले सङ्घीयताको सफल कार्यान्वयनका लागि प्रदेश र स्थानीय पालिकालाई अधिकार सम्पन्न बनाउनुपर्ने बताएका छन् । 

पार्टीद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले सङ्घीय सरकारले प्रदेश र पालिकालाई आफूसँग रहेको अधिकार प्रत्यायोजन गरेमा मात्र सही अर्थमा सङ्घीयताको मर्म लागू हुने धारणा राखेका छन् । 

अध्यक्ष बिजुक्छेले मुलुकमा आर्थिक चलायमान गर्नका लागि सरकारले विकास निर्माणमार्फत पुँजीगत रकम खर्च गर्नुपर्नेमा जोड दिए। 

उनले सुन तस्करी, भुटानी शरणार्थी र ललिता निवासजस्ता आपराधिक कार्यको छानबिन सम्बन्धित निकायबाट छिनोफानो गरेमा सत्यतथ्य सार्वजनिक हुने विचार राखे । अध्यक्ष बिजुक्छेले समाजमा साम्प्रदायिक सद्भाव कायम गर्न एक अर्काले सबै धर्म, संस्कृतिको सम्मान र संरक्षण गर्नुपर्नेमा जोड दिए ।

उनले पार्टीको सङ्गठन विस्तारका लागि तराई, पहाड र हिमालका घरघरमा कार्यकर्ताले विचारधारा पुर्‍याउने कार्य अहिलेदेखि सुरु गरेको जानकारी दिए । 

Tags :
प्रतिक्रिया दिनुहोस