विश्वव्यापी सञ्चार अभियान गर्ने आईएलओको घोषणा « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

विश्वव्यापी सञ्चार अभियान गर्ने आईएलओको घोषणा


९ आश्विन २०८०, मंगलबार


काठमाडौँ । अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ) ले श्रम संसार देखिएको असमानतालाई सम्बोधन गर्न ‘सामाजिक न्यायको लागि यो बाटो’ नामको विश्वव्यापी सञ्चार अभियान सञ्चालन गर्ने घोषणा गरेको छ ।

‍न्युयोर्कमा भएको संयुक्त राष्ट्र महासभामा सम्बोधन गर्दै आईएलओका महानिर्देशक गिल्बर्ट एफ हाउङ्बोले विश्वव्यापी असमानता हटाउन बृहत्तर सामाजिक न्याय आवश्यक रहेको भन्दै विश्वव्यापी सञ्चार अभियान गर्ने घोषणा गरेका हुन् ।

आईएलओका अनुसार विश्व श्रम संसारमा चार अर्ब मानिस सामाजिक सुरक्षाको अभावमा छ । ४५ करोड ३० लाख जना रोजगारबिहीन हुनुपरेको छ भने २१ करोड ४० लाख जना दैनिक १.९० डलरभन्दा कम आम्दानीमा बाँच्नुपरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस