अभियन्ता ईः को आन्दोलनमा कमल थापा र सुरेन्द्र पाण्डेले जनाए समर्थन « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

अभियन्ता ईः को आन्दोलनमा कमल थापा र सुरेन्द्र पाण्डेले जनाए समर्थन


९ आश्विन २०८०, मंगलबार


काठमाडौँ । काठमाडौँको राष्ट्रिय सभा गृह अगाडि ८ दिनदेखि उभिरहेका अभियन्ता ईः को आन्दोलनमा समर्थन जनाउन राप्रपा नेपालका अध्यक्ष कमल थापा र नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डे पनि पुगेका छन् ।

फुटपाथ व्यवसायी माथि महानगरपालिको क्रूरतापूर्ण व्यवहार गरेको भन्दै अभियन्ता ईःले उभिएर महानगरको विरोध गरिरहेका छन् । सोही क्रममा पूर्वउपप्रधानमन्त्री थापा र पूर्वमन्त्री पाण्डे ईःसँगै केहीबेर उभिएका हुन् ।

थापाले बोकेको प्लेकार्डमा लेखिएको छ, ‘मलाई बालेन मनपर्छ, मलाई ईः मनपर्छ । ईः ले उठाएका मुद्दा जायज छन् । सडक, फुटपाथमा जथाभाबी पसल थाप्न मिल्दैन तर, राज्यले उनीहरूलाई व्यवसायको निम्ति उचित स्थान दिनुपर्छ । यो राज्यको कर्तव्य हो । यो काममा महानगरपालिकाले सहजीकरण गर्नुपर्छ ।’

यस्तै पूर्वअर्थमन्त्री पाण्डेले बोकेको प्लेकार्डमा लेखिएको ‘सडक-साइकल-गाडा-परम्परागत मजदुर उद्यमीलाई विस्थापित गर्न बन्द गर । विकल्प देऊ ।’

Tags :
प्रतिक्रिया दिनुहोस