सन्दीपले एसियाड खेल्न मानसिक रूपमा तयार छैन भनेपछि टिकट रद्ध « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

सन्दीपले एसियाड खेल्न मानसिक रूपमा तयार छैन भनेपछि टिकट रद्ध


८ आश्विन २०८०, सोमबार


काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेले एसियाली खेलकुद खेल्न नसक्ने बताएका छन् ।

सन्दीपविरुद्ध परेको बलात्कार मुद्दाको अन्तिम सुनुवाइ सरेपछि नेपाल क्रिकेट सङ्घ (क्यान)ले लामिछानेलाई चीन पठाउन चाहेको थियो ।

तर उनले मानसिक रूपमा आफू प्रतियोगिता खेल्न तयार नरहेको बताएका छन् । सन्दीपको जवाफपछि सोमबारका लागि तय भएको टिकट समेत रद्ध भएको छ ।

क्रिकेटर सन्दीपविरुद्ध बलात्कारको मुद्दा जिल्ला अदालत, काठमाडौँमा विचाराधीन छ ।

Tags :
प्रतिक्रिया दिनुहोस