प्रधानमन्त्री प्रचण्ड र चिनियाँ जनकंग्रेसका अध्यक्ष लेजीबीच भेटवार्ता « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ जनकंग्रेसका अध्यक्ष लेजीबीच भेटवार्ता


८ आश्विन २०८०, सोमबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ जनकंग्रेसका स्थायी समितिका अध्यक्ष झाओ लेजीबीच भेटवार्ता भएको छ।

चीन भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष लेजीबीच भेटपछि बेइजिङमा द्विपक्षीय भेटवार्ता भएको हो।

प्रधानमन्त्री प्रचण्डले आजै चीनका समकक्षी ली छ्याङसँग भेटवार्ता गर्ने कार्यक्रम छ। हाङझाओमा एसियाली खेलकुदको उद्घाटन समारोहमा सरिक भइ प्रधानमन्त्री प्रचण्ड आइतबार बेइजिङ पुगेका थिए।

चीन बसाइको क्रममा प्रधानमन्त्री प्रचण्डले छोङछिङ्ग महानगरपालिकामा चीनले अपनाएको आधुनिक खेती प्रणालीबारे अवलोकन गर्ने, चीनको राष्ट्रिय जनकंग्रेसको स्थायीसमिति अध्यक्ष झाओ लेजीसँग भेटवार्ता गर्ने र बेइजिङस्थित नेपाली राजदूतावासले आयोजना गर्ने चीन–नेपाल लगानी सम्मेलनलाई सम्बोधन गर्ने कार्यसूचीसमेत छ ।

त्यसपछि प्रधानमन्त्री प्रचण्ड नेपालसँग सिमाना जोडिएको चीनको स्वशासित क्षेत्र तिब्बतको भ्रमणमा जानेछन् । प्रधानमन्त्री प्रचण्ड यही सेप्टेम्बर ३० मा नेपाल फर्कने कार्यक्रम छ ।

Tags :
प्रतिक्रिया दिनुहोस